स्विच मोबिलिटीको डबल डेकर ईबस सार्वजनिक

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
स्विच मोबिलिटीको डबल डेकर ईबस सार्वजनिक

काठमाडौं ।

अशोक लेल्यान्डको सहायक कम्पनी स्विच मोबिलिटीले नयाँ ईआईभी २२ डेबल डकर ईबस सार्वजनिक गरेको छ।

स्विच ईआईभी भारतको पहिलो फुल इलेक्ट्रिक एसी बस हो। जसको रेञ्ज २५० किलोमिटर भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

रिपोर्ट अनुसार डबल डेकर बसको सिट क्षमता ६५ रहेको छ। तल्लो भागमा उभिएर यात्रा गर्न सकिने गरी डिजाइन गरिएको छ। ईआईभी २२ मा २३१ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री छ।

यसमा लिक्विड कूलिङ र डुअल गन चार्जिङ सिस्टम छ। जुन ईआईभी १२ को जस्तै छ।

इलेक्ट्रिक बसमा कम्पनीको प्लान्टमा एसेम्बल ब्याट्री प्याकका साथ दानाद्वारा आपूर्ति गरिएको पावरट्रेन प्रयोग गरिएको छ। यसका साथै ब्याट्री सेल चीनबाट पनि आयात गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार