कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

काठमाडौं ।

कामना सेवा बिकास बैंकले आफ्ना फोनपे क्यूआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ। यो योजना बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्टहरुहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि १ भदौ, २०७९ देखि सुरु गरेको छ।

“क्यूआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार” योजना अन्तर्गत क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५% वा रु.५०/- सम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो। साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “डिजिटल पेमेन्ट ईयर” लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार