विश्वभर क्रिप्टो ह्याकहरुबाट हुने नोक्सानीमा ६० प्रतिशत वृद्धि

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
विश्वभर क्रिप्टो ह्याकहरुबाट हुने नोक्सानीमा ६० प्रतिशत वृद्धि

काठमाडौं ।

यस वर्षको पहिलो सात महिनामा क्रिप्टोकरेन्सी समावेश भएका ह्याकिङका घटनाहरूबाट हुने घाटा झण्डै ६० प्रतिशतले बढेको छ। यस वर्षको जुलाईसम्म, त्यस्ता घटनाहरूमा करिब १.९ अर्ब डलर गुमेको छ। अघिल्लो वर्षको सोही अवधिमा करिब १.२ अर्ब डलर नोक्सान भएको थियो। विकेन्द्रीकृत वित्त (डेफी) प्रोटोकलबाट कोष चोरीमा उल्लेखनीय वृद्धि भएको छ।

ब्लकचेन विश्लेषण फर्म चेनालाइसिसले एक ब्लग पोस्टमा ह्याकरहरूको आक्रमणमा छिट्टै रोक हुने सम्भावना कम छ। यो महिनाको पहिलो हप्तामा क्रस-चेन ब्रिज नोमाडको ह्याकिङबाट करिब १९ करोड डलर र सोलानाका धेरै वालेट ह्याक गरेर करिब ५० मिलियन डलरको रकम चोरी भएको थियो।

“डेफी प्रोटोकलहरूका ह्याकिङको लागि अघिक जोखिम छन् किनभने तिनीहरूको खुला स्रोत कोडले साइबर अपराधीहरूलाई चोर्न मद्दत गर्दछ,” चेनालाइसिसले रिपोर्ट गरेको छ। रोयटर्सको रिपोर्टका अनुसार उत्तर कोरियाको लाजरस समूह जस्ता ह्याकरहरू डेफी प्रोटोकलको अधिकांश ह्याकिङका लागि जिम्मेवार थिए। उत्तर कोरियाली ह्याकरहरूले यस वर्ष डेफी प्रोटोकलहरूबाट लगभग १ अर्ब डलर मूल्यको क्रिप्टोकरेन्सी चोरी गरेको अनुमान गरिएको छ।

डेफी एपहरूको ठूलो संख्या इथेरियम ब्लकचेनमा छन्। यी एप्लिकेसनहरू मार्फत क्रिप्टोकरेन्सीहरूमा आधारित ऋण उपलब्ध छ। क्रिप्टोकरेन्सीको बजार पुँजीकरण यस वर्षको सुरुमा करिब २.३५ ट्रिलियन डलर थियो, जुन गत हप्ताको अन्त्यसम्ममा १.१ ट्रिलियन डलरमा झरेको छ। सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य वार्षिक रूपमा ४८ प्रतिशतले घटेको छ। पछिल्ला केही महिनाहरूमा, यसको मूल्य २० हजार देखि २४ हजार डलरको बीचमा रहेको छ।

अमेरिकी साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआईएसए) को रिपोर्टले ब्लुनोरोफ र स्टारडस्ट चोलिमालगायत ब्लकचेन र क्रिप्टो फर्महरूका लागि धेरै उत्तर कोरियाली साइबर समूहहरूलाई खतराको रूपमा वर्णन गरेको छ।

यसअघि अमेरिकी अधिकारीहरूले एक्सी इन्फिनिटी गेमको रोनिन नेटवर्कमा ठूलो साइबर आक्रमणको लागि दक्षिण कोरियाली ह्याकिङ समूह लाजरसलाई दोष दिएका थिए। एफबीआईले यस ह्याकको पछाडि लाजरस समूहको हात रहेको बताएको थियो। ट्रेजरी विभागले चोरी भएको रकम प्राप्त गर्ने ठेगानामा प्रतिबन्ध लगाएको छ। लाजरस ह्याकिङ समूह उत्तर कोरियाको गुप्तचर ब्यूरोद्वारा नियन्त्रित रहेको बताईन्छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार