स्मार्टच्वाइस टेक्नोलोजिज र आइ सी एफसी फाईनान्सबीच सम्झौता

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
स्मार्टच्वाइस टेक्नोलोजिज र आइ सी एफसी फाईनान्सबीच सम्झौता

काठमाडौं ।

आइ सी एफसी फाईनान्स लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइ सी एफसी फाईनान्सका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र आइ सी एफसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...