पौने १३ करोडको पब्जी प्रतियोगिता आजदेखि शुरु, नेपाली टिम पनि प्रतिस्पर्धामा

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
पौने १३ करोडको पब्जी प्रतियोगिता आजदेखि शुरु, नेपाली टिम पनि प्रतिस्पर्धामा

काठमाडौं ।

पब्जी मोबाइल वर्ल्ड इन्भिटेस्नल (पीएमडब्ल्यूआई) दोस्रो चरणको खेल आजदेखि शुरु हुने भएको छ। कुल १ मिलियन अमेरिकी डलर अर्थात १२ करोड ७१ लाख ६० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा नेपाली टिमले पनि प्रतिस्पर्धा गर्नेछ।

अगष्ट १८ देखि २० अगष्टसम्म सञ्चालन हुने आफटर पार्टी सोडाउनमा १२ टिमले उपाधी र पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालको प्रतिनिधित्व डेड आई गाइज (डीई)ले गर्नेछ। समर्थकहरुको भोट्रिको आधारमा डीई प्रतियोगिताका लागि छनोट भएको हो।

यस प्रतियोगिता मुख्य इभेन्ट (पहिलो हप्ता) र आफटरपार्टी सोडाउन (दोस्रो हप्ता) गरी दुई चरणमा विभाजन गरि सञ्चालन गरिएको छ। मुख्य इभेन्ट अगष्ट ११ देखि अगष्ट १३ सम्म सञ्चालन भइसकेको छ।

मुख्य इमेन्टको शीर्ष ५ भित्र पर्न सफल टिम र आफटरपार्टी सोडाउनका लागि छनोट भएका ५ टिमबीच उपाधीका लागि भिडन्त हुनेछ।

मुख्य इभेन्टबाट भ्याम्पायर ईस्पोर्टस्, फल्कोन ईस्पोर्टस्, स्टलवार्ड ईस्पोर्टस्, निग्मा ग्यालेक्सी र डामवान गेमिङ छनोट भएका छन्। क्षेत्रिए भोटिङबाट आरएएडी, डेड आई गाइज, बिगेट्रोन रेड एलियन, एस२जी ईस्पोर्टस्, अल्फा ७ ईस्पोर्टस्, ७सी ईस्पोर्टस् र आर८ ईस्पोर्टस् रहेका छन्।

यस प्रतियोगितमा प्रथम हुने टिमले ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। प्रतियोगितामा दोस्रो स्थानमा रहने टिमले ५५ हजार अमेरिकी डलर, तेस्रोले ५० हजार अमेरिकी डलर र चौथो स्थानमा आउने टिमले ४५ हजार अमेरिकी डलर जित्ने छन्।

पाँचौ स्थानमा रहने टिमले ४० हजार अमेरिकी डलर, छौटौंले ३५ हजार अमेरिकी डलर, सातौंले ३० हजार अमेरिकी डलर, आठौंले २५ हजार अमेरिकी डलर, नवौंले २० हजार अमेरिकी डलर, १० औंले १८ हजार अमेरिकी डलर, ११ औंले १५ हजार अमेरिकी डलर र १२ औं स्थानमा रहने १३ हजार अमेरिकी डलर जित्नेछन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...