ओलाको इलेक्ट्रिक कार २०२४ मा आउने, रेञ्ज ५०० किलोमिटर

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार
ओलाको इलेक्ट्रिक कार २०२४ मा आउने, रेञ्ज ५०० किलोमिटर

काठमाडौं ।

ओला इलेक्ट्रिकले भारतको स्वतन्त्रता दिवसको अवसरमा आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने घोषणा गरेको छ। कम्पनीका सीईओ भाविश अग्रवालले ओलाको पहिलो इलेक्ट्रिक कारको झलक देखाएका छन्।

उनका अनुसार कारले ५०० किलोमिटर रेञ्ज प्रदान गर्नुका साथै ४ सेकेन्ड १०० किलोमिटर प्रति घण्टा गति लिन सक्षम छ।

ओलाको पहिलो इलेक्ट्रिक कार उत्कृष्ट प्रविधिमा आधारित हुनेछ। यो इलेक्ट्रिक सेगमेन्टमा निर्माण हुने भारतको पहिलो स्पोर्ट्स कार हुनेछ।

कार किलेस मात्र नभई ह्यान्ड लेस हुने बताइएको छ। यो कार बिना चाबी स्टार्ट हुनेछ। साथै कारको डोरमा ह्यान्डल हुने छैन। फ्यूचरिस्टिक कार २०२४ सम्म सार्वजनिक हुने दैनिक भास्करले उल्लेख गरेको छ।

ओला इलेक्ट्रिक कारमा अल ग्लास रुफ हुनेछ। यो कारमा एयरो डायनामिक्स उत्कृष्ट बनाइएको छ। कारले स्पिड पकड्दा हावाबाट हुनु रुकावट हुने छैन। यसमा असिस्टेड ड्राइभिङ फिचर पनि हुनेछ।

ओला इलेक्ट्रिक कार भारतको तमिलनाडु फ्याक्ट्रीमा तयार गरिनेछ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार