लाभा अग्नीको मोबाइल सेटमा नाम लेख्ने सुविधा

  • Technology Khabar | २९ श्रावण २०७९, आईतवार
लाभा अग्नीको मोबाइल सेटमा नाम लेख्ने सुविधा

काठमाडौं ।

भारतिय स्मार्टफोन लाभा अग्नीले मोबाइल सेटमा नाम लेख्ने सुविधा दिने भएको छ। लाभा एग्नी फाईभ जी स्मार्ट फोन किन्ने ग्राहका लागि कम्पनीले ब्राण्डसँगै आफ्नो नाम लेख्न सक्ने अमर उजालाले जनाएको छ।

नाम लेख्नका लागि लाभा अग्नीको अफिसियल वेभसाइडमा जानुपर्नेछ। वेभसाइडमा नाम दर्ता गर्दा लाभा अग्नी फाईभजी स्मार्ट भन्नेमा क्लिक गर्नुपर्नेछ।

त्यहा पूरा नाम, इमेल आइडी, मोबाइल नम्बर, ओटीपी जस्ता जानकारी दिनुपर्नेछ। सबै प्रकृया पूरा गर्दा कम्पनीले लाभा अग्नीको लोगोसँगै व्यक्तिको नाममा मोबाइल निकाल्नेछ। यो सुविधा रिटेल स्टोरबाट बुकिङ सहित खरिद गर्ने व्यवस्थाबारे कम्पनीले अहिलेसम्म जानकारी दिएको छैन।

प्रकाशित: २९ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...