
काठमाडौं ।
अर्बपति इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले स्टारलिंक स्याटेलाइटहरूको अर्को समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। स्पेसएक्सले शुक्रबार यी स्याटेलाइट (भूउपग्रह)हरूलाई पृथ्वीको तल्लो कक्षमा राखेको थियो।
कम्पनीले ट्विटर ह्यान्डल मार्फत आफ्नो लन्चको जानकारी दिएको हो। स्पेसएक्सले स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्दछ र तारयुक्त इन्टरनेटको पहुँच नभएका विश्वका कुनाहरूमा पनि स्याटेलाइट इन्टरनेट पहुँच सक्षम पार्न आफ्ना स्याटेलाइटहरूको संख्या निरन्तर बढाउँदैछ।
हाल फाल्कन ९ रकेटमार्फत ४६ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। उनीहरुलाई स्पेस लन्च कम्प्लेक्स ४ ईस्ट (SLC-4E) स्टेशनबाट कक्षमा राखिएको छ। स्टेशन क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसमा अवस्थित छ। प्रक्षेपण भएको ९ मिनेटपछि रकेट प्रशान्त महासागरमा रहेको ड्रोन जहाजमा उत्रिएको थियो।
दोस्रो चरणमा ६३ मिनेटपछि स्याटेलाइटहरूलाई अन्तरिक्षमा राख्ने थियो, त्यसअघि लाइभ स्ट्रिम रोकिएको थियो।
स्पेसन्युजको रिपोर्टका अनुसार प्रक्षेपण गरिएका यी नयाँ भूउपग्रह समूह ३ को हिस्सा हुन्। गत वर्ष नोभेम्बरमा रसियाको एन्टी-स्याटेलाइट परीक्षणको क्रममा छरिएका भग्नावशेषहरूसँग तिनीहरू ठोक्किने सम्भावना रहेकोले तिनीहरू विशेष सुरक्षा कवच भित्र परिक्रमा गर्नेछन्।
अन्तरिक्ष ट्र्याकिङ कम्पनी कम्सपोकले हालै यस्तै टकरावको घटना खुलासा गरेको थियो जसमा ८४१ स्टारलिंक स्याटेलाइटहरू प्रभावित भएको भनिएको थियो। यी ८४१ स्याटेलाइटहरूले स्पेसएक्सको सम्पूर्ण स्याटेलाइट कन्स्टलेसनको ३० प्रतिशत बनाउँछ।
स्पेसएक्सले पहिले नै दुई अन्य समूह ३ भूउपग्रहहरू भ्यान्डनबर्गबाट जुलाई १० र जुलाई २२ मा कक्षमा पठाइसकेको छ।
प्रकाशित: २९ श्रावण २०७९, आईतवार