स्विच मोबिलिटीले भारतमा ५ हजार इलेक्ट्रिक बस चलाउने, ७९६९ करोड भारुमा सम्झौता

  • Technology Khabar | २८ श्रावण २०७९, शनिबार
स्विच मोबिलिटीले भारतमा ५ हजार इलेक्ट्रिक बस चलाउने, ७९६९ करोड भारुमा सम्झौता

काठमाडौं ।

अशोक लेलैंडको इलेक्ट्रिक भेहिकल सहायक कम्पनी स्विच मोबिलिटी र चलो मोबाइल एपबीच ५ हजार इलेक्ट्रिक बस सञ्चालन गर्ने सम्झौता गरेको छ। यी दुई कम्पनीबीच ३ वर्षमा इलेक्ट्रिक बस सञ्चालन गर्नेगरी सम्झौता भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

अनलाइन बस बुकिङ एप चलोले इलेक्ट्रिक बस खरिद गर्नका लागि १ बिलियन अमेरिकी डलर अर्थात ७९६९ करोड भारु खर्च गर्नेछ।

यस सम्झौता अनुसार स्विच मोबिलिटीले इलेक्ट्रिकले बस निर्माण गर्नेछ। स्विच मोबिलिटीको सहायक कम्पनी ओएचएम मोबिलिटी चलो एपसँगको सहकार्यमा बस सञ्चालन गर्नेछ।

यी बसलाई मेट्रो स्टेशन, रेलवे स्टेशन र शहरमा सञ्चालन गरिनेछ। शुरुवातमा स्विच मोबिलिटी आफ्नो इलेक्ट्रिक बस मोडल स्विच आई ईभी१२ सञ्चालन गर्नेछ। त्यसपछि क्रमिक रुपमा अन्य मोडल पनि सञ्चालनमा ल्याइनेछ।

५ हजार इलेक्ट्रिक बसले प्रत्येक वर्ष २.८६ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। भारतका ५० प्रतिशतभन्दा धेरै नागरिक यात्राका लागि बसको प्रयोग गर्छन्। तर १० हजार यात्रुका लागि ३ ओटा बसमा रहेको चलो एपको दाबी छ।

कम्पनीका अनुसार भारतमा दैनिक १५ करोड यात्रीले बसको प्रयोग गर्छन्।

प्रकाशित: २८ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...