सस्तो लिथियम आयन ब्याट्री उत्पादन गर्दै ओला, इलेक्ट्रिक सवारीको मूल्य ३० प्रतिशत घट्ने

  • Technology Khabar | २८ श्रावण २०७९, शनिबार
सस्तो लिथियम आयन ब्याट्री उत्पादन गर्दै ओला, इलेक्ट्रिक सवारीको मूल्य ३० प्रतिशत घट्ने

काठमाडौं ।

ओला इलेक्ट्रिकले छिट्टै भारतमा इलेक्ट्रिक सवारीको ब्याट्री सेल उत्पादन शुरु गर्ने योजना बनाएको छ। ओलाका एक अधिकारीका अनुसार कम्पनीले भारतमा ब्याट्री सेल निर्माण शुरु गरेको छ।

भारतमै ब्याट्री सेल निर्माण शुरु भएपछि ओला इलेक्ट्रिक सवारीको मूल्य २५ देखि ३० प्रतिशत सस्तो हुने ड्राइभस्पार्कले लेखेको छ।

साथै इलेक्ट्रिक सवारीमा प्रयोग हुने ब्याट्री प्याकको मूल्य ४० प्रतिशतसम्म सस्तो हुने सम्भावना रहन्छ।

भारतका इलेक्ट्रिक सवारी उत्पादक ब्याट्रीका लागि चीन, ताइवान, जापान, कोरियालगायत देशमा निर्भर छन्। ब्याट्री सेल आयात गर्नु पर्ने भएकाले इलेक्ट्रिक सवारीको मूल्य उच्च रहने गरेको छ। ब्याट्रीमा प्रयोग हुने अन्य उपकरणको उत्पादन भारतमा शुरु भइसकेको छ।

ओलाले एलजी केमसँग आफ्नो इलेक्ट्रिक सवारीका लागि ब्याट्री खरिद गर्दै आइरहेको छ।

भारतमा स्थानीय रुपमा ब्याट्री सेल उत्पादन नहुँदा इलेक्ट्रिक सवारीको लागत पेट्रोलिय सवारीको तुलनामा महँगो छ।

इकोनोमिक टाइम्स अटोले ओलाका एक अधिकारीको भनाइलाई आधार मान्दै ओलाले आफ्नो प्लान्टमा तयार हुने ब्याट्री प्याकको प्रयोग सबैभन्दा पहिला आफ्नो दुई पांग्रेमा प्रयोग गर्नेछ। कम्पनीले सेल तथा ब्याट्री प्याक निर्यात गर्ने योजना पनि बनाएको छ। कम्पनीको पहिलो प्राथमिकता भने घरेलु बजार नै रहनेछ। घरेलु बजारको माग पुरा भएपछि मात्र ओलाले ब्याट्री सेल निर्यात गर्नेछ।

रिपोर्टका अनुसार ओलाले सर्वप्रथम आफ्नो इलेक्ट्रिक सवारीको मूल्य सस्तो बनाउने र सुरक्षित बनाउने कोसिस गर्नेछ। ओलाका अधिकारीका अनुसार इलेक्ट्रिक सवारी निर्माण लागत कम भएमा कम्पनी सवारीको सुरक्षामा थप लगानी गर्न सक्षम हुनेछ।

प्रकाशित: २८ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×