फेसबुक मेसेन्जरमा पूर्वनिर्धारित एन्ड-टु-एन्ड इन्क्रिप्सनको परीक्षण सुरु

  • Technology Khabar | २७ श्रावण २०७९, शुक्रबार
फेसबुक मेसेन्जरमा पूर्वनिर्धारित एन्ड-टु-एन्ड इन्क्रिप्सनको परीक्षण सुरु

काठमाडौं ।

फेसबुकले आफ्नो मेसेन्जर च्याट प्लेटफर्ममा पूर्वनिर्धारित रूपमा अर्थात डिफल्ट इन्ड-टु-इन्ड इन्क्रिप्सन (ई२ईई) सक्रिय गर्ने लामो-प्रतीक्षित योजनाहरूमा अद्यावधिक साझा गरेको छ। यसले यस हप्ता “केही व्यक्तिहरू बीच” च्याटहरूको लागि उक्त सुविधाको परीक्षण सुरु गरेको बताएको छ।

फेसबुकले हाल मेसेन्जर प्रयोगकर्ताहरूलाई प्रत्येक च्याटको आधारमा ई२ईई खोल्ने विकल्प प्रदान गर्दछ, तर त्यस्ता ई२ईई फिचरको प्रयोग सामान्यतया सुरक्षा-सचेत अल्पसंख्यकहरूले मात्र अँगालेका छन्।

विश्वभरका एक अर्ब भन्दा बढी मानिसहरूले प्रयोग गर्ने च्याट प्लेटफर्ममा सुरक्षाको पर्याप्त तह थप्न एन्ड-टु-इन्ड इन्क्रिप्सन (ई२ईई) लाई पूर्वनिर्धारित बनाउनु ठूलो कदम हुने द भर्जले उल्लेख गरेको छ। यसले सरकारहरूलाई ई२ईईले अपराधसँग लड्ने आफ्नो क्षमतालाई बाधा पुर्‍याउँछ भनी तर्क गर्न सक्ने सम्भावना पनि छ।

इन्ड-टु-इन्ड इन्क्रिप्सन भनेको फेसबुकले आफ्ना प्रयोगकर्ताका सन्देशहरूको सामग्री हेर्न सक्दैन र केवल सो च्याटमा सहभागीहरूले मात्र देख्न सक्छन्। यसले ह्याकरहरू वा नियमनकारी निकायहरु जस्ता तेस्रो पक्षहरूलाई डिजिटल वार्तालापहरू हेर्न वा थाहा पाउन गर्न धेरै गाह्रो बनाउँछ।

हालैका वर्षहरूमा, फेसबुकको अभिभावक मेटाले बिस्तारै यसको विभिन्न च्याट प्लेटफर्महरूमा इन्क्रिप्शनको थप तहहरू थप्दै आएको छ, तर यी प्रयासहरू अझै एकताबद्ध भएका छैनन्।

ह्वाट्सएपमा च्याटहरू उद्योग मानक सुरक्षित मेसेन्जर सिग्नलद्वारा प्रस्ताव गरिएको समान प्रोटोकल प्रयोग गरेर पूर्वनिर्धारित रूपमा इन्क्रिप्ट हुन्छन्; इन्स्टाग्राम डीएमको लागि अप्ट-इन ईन्क्रिप्शन हाल परीक्षण भइरहेको छ; र मेसेन्जरले यसको “डिसअपियरिङ्ग मेसेज” सुविधा मार्फत ई२ईई प्रस्ताव गर्दछ।

पूर्वनिर्धारित ई२ईईको नयाँ परीक्षणको अतिरिक्त, कम्पनीले “सुरक्षित भण्डारण” नामको सुविधा पनि घोषणा गर्यो जसले मेसेन्जरमा प्रयोगकर्ताहरूको च्याट इतिहासको क्लाउड ब्याकअपहरू इन्क्रिप्ट गर्नेछ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार