
काठमाडौं ।
चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुरु भएको छ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरे।
यस सेवा मार्फत चन्द्रागिरि नगरबासीहरुले घर–बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् ।
आइएमई डिजिटल सोलुशनका नि. प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजीटाइजेशनलाई प्रवद्र्घन गर्न पाउनु आफु र आफु सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे ।
प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको “गभरमेन्ट” मा गइ “लोकल गभरमेन्ट” रोजी “चन्द्रागिरि नगरपालिका” मार्फत आफ्नो कर तिर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार