बैंक अफ काठमाण्डू र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

  • Technology Khabar | २६ श्रावण २०७९, बिहीबार
बैंक अफ काठमाण्डू र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

काठमाडौं ।

बैंक अफ काठमाण्डूले मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन्।

बैंकका कार्डवाहकहरुले कार्ड लिंक पश्चात मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ।

भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ। साथै, बैंकका कार्डवाहकहरुले मोको मार्फत स्क्यान गरी १५ सयभन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ।

यसका साथै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन्।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्ने जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार