
काठमाडौं ।
नेपालमा पहिलो पटक ईभी एक्सपो हुने भएको छ। नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा ईभी एक्सपो २०२२ गने निर्णय गरेको हो।
उक्त ईभी एक्सपो २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंमा भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो। सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौं १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले ईभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ। २०७९ भदौं १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरे।
प्रकाशित: २६ श्रावण २०७९, बिहीबार