टिएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड अब आइएमई पेमार्फत

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
टिएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड अब आइएमई पेमार्फत

काठमाडौं ।

शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनोट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोल्याटरल लोड गर्न सक्नेछन्।

हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन्।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरे।

यो भुक्तानी रियलटाईममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ। यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार