अब सबै प्रदेशमा लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पास, स्मार्ट लाइसेन्स प्रदेशमै छापिने

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
अब सबै प्रदेशमा लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पास, स्मार्ट लाइसेन्स प्रदेशमै छापिने

काठमाडौं ।

मुलुकभर सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स)को परीक्षा एक प्रणालीबाट हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातैै प्रदेशका यातायात मन्त्रीहरुको बैठकमार्फत सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरिएको हो।

यस अघि लुम्बिनी र गण्डकी प्रदेशका यातायात कार्यालयहरुले यस्तो व्यवस्था लागु गरिररहेका थिए।

अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार ट्रायल परीक्षमा सहभागी परीक्षार्थीहरुले कुल ७० अंक प्राप्त गरे उर्तीण हुन्छन्।

यस्तै उक्त बैठकले स्मार्ट लाइसेनस छपाइका लागि संघले मेसिन उलब्ध गराउने निर्णय गरेको छ। योसँगै अब स्मार्ट लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयहरुले नै छापेर वितरण गर्नेछन्। यातायात व्यवस्था विभागमा मात्र स्मार्ट लाइसेन्स छपाई हुने भएकाले लाइसेन्स परीक्षा पास र नविकरण गर्दा लामो समयसम्म नयाँ लाइसेन्स लिनबाट बञ्चित हुँदै आएका थिए।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार