राजमार्गमा गुड्ने गाडीका नम्बर प्लेट देखिने सीसीक्यामरा जडान

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
राजमार्गमा गुड्ने गाडीका नम्बर प्लेट देखिने सीसीक्यामरा जडान

काठमाडौं ।

ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सीसीक्यामरा जडान गरेको छ।

कार्यालय भित्रको एउटा कक्षमा बसेर वीपी चोक, सहिदचोक, बाडखोला चोक र ट्राफिक चोकका गतिबिधि सजिलै नियाल्न सकिएको ट्राफिक प्रमुख मिनबहादुर कुवँरले बताए।

दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले ट्राफिक कार्यालयलाई स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले ३२ इन्चको डिस्प्ले बोर्ड सहित वेभ क्यामरा उपलब्ध गराएको हो। सीसी क्यामरा जडान ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा सहज हुने देखिएको छ।  पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा धेरै घुम्ति र साँगुरो रहेको र दैनिक ३ देखि ४ सय वटा सवारी साधन दैनिक गुड्ने गरेका छन् ।

उच्च प्रबिधि सहितको सीसी क्यामरा जडान गरेर ट्राफिक कार्यालय स्याङ्जाले अघिल्लो एक हप्ताबाट अनुगमन गरेको हो।

कुनै सवारी साधन कतिबेला आए र गए, कहाँ के भयो, कुन नम्बरको गाडी हो भनेर पत्ता लगाउन सहज बनेको कुवँरले बताए।

यात्राका क्रममा यात्रुका छुटेका सामान पाउनका लागि सजिलो बनेको बताउदै कुवँरले मोबाइल, पर्स, छाता, झोला जस्ता दर्जन भन्दा बढी सामानहरु पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयमा रहेका १४ स्थानका राखिएका सीसी क्यामरा मध्ये केहीको मर्मतका लागि पनि जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ।

बस तथा मोटर गाडीका नम्बर प्लेट सजिलै देखिएको बताउँदै उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले अव, स्कुटर र मोटरसाइकलको समेत देखिनेगरी गुणस्तरयुक्त क्यामराका लागि पनि सहयोग गर्ने बताए। गोरखापत्रबाट

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...