काठमाडौं ।
भारतको घरेलु चिप उत्पादक पोलिमटेक इलेक्ट्रोनिक्सले सन् २०२५ सम्ममा सेमिकन्डक्टर उत्पादनमा १ अर्ब डलर लगानी गर्ने बताएको छ।
पोलिमटेकले १३ करोड डलरको प्रारम्भिक लगानीको साथ तमिलनाडु सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सन् २००७ मा स्थापना भएको कम्पनीले सेमीकन्डक्टर उत्पादनका लागि सबै उपकरण जापानबाट आयात गरेको बताएको छ।
“टेक र व्यवसायमा हाम्रो लगानीको साथमा विश्वव्यापी उत्कृष्ट मस्तिष्क भएका टोलीको साथ, हामी उद्योगको सम्भावनालाई पूँजीकरण गर्न र भारतको सेमीकन्डक्टर बजार मापन गर्न सक्षम हुनेछौं,” पोलिमटेकका संस्थापक अध्यक्ष नन्दम ईश्वरा रावले भने।
पोलिमटेकले २५ करोड चिप्स क्षमताको आयातित मेसिनरीको पहिलो चरणको साथमा सबै आवश्यक परीक्षणहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
भारतलाई एक अग्रणी सेमीकन्डक्टर/अर्धचालक उत्पादन केन्द्र बनाउनको लागि, सरकारले गत वर्ष भारु ७६ हजार करोडको उत्पादन-लिङ्क्ड योजना (पीएलआई) प्याकेज घोषणा गर्यो।
रावले भने, “हामी सन् २०२५ सम्ममा एसियाकै सबैभन्दा ठूलो चिप उत्पादक बन्ने योजनामा छौं।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे महिनामा भारतको आफ्नै सेमिकन्डक्टरको खपत सन् २०२६ सम्ममा ८० अर्ब डलर र २०३० सम्ममा ११० अर्ब डलर पुग्ने अनुमान गरेका थिए। आईटी मन्त्री अश्विनी वैष्णवका अनुसार सरकारले सेमीकन्डक्टर पीएलआई योजना अन्तर्गत धेरै आवेदनहरू प्राप्त गरेको छ र यो प्रक्रिया लगभग १५देखि १८ महिना पूरा हुनेगरी अघि बढ्ने अपेक्षा गरिएको छ।
हालसम्म, भारतले स्थानीय रूपमा सेमीकन्डक्टर फ्याब र डिस्प्ले फेब स्थापना गर्न पाँचओटा विश्वव्यापी अर्धचालक कम्पनीहरूबाट लगानी प्रस्तावहरू प्राप्त गरेको बताईएको छ।
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार