
काठमाडौं ।
नमस्ते पे ले आफ्नो एपमा लोयल्टी कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ।
नमस्ते पेको लोयल्टी प्वाइन्ट्स प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ। प्रत्येक प्रयोगकर्ताले हरेक १०० रुपैयाँको खर्चमा, २ एनपी क्वाइन्स/प्वाइन्टस पाउनेछन् र प्रत्येक ८ एनपी क्वाइन्स/प्वाइन्टसको मूल्य १ रुपैयाँ बराबर हुनेछ।
सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी प्वाइन्टस सङ्कलन गर्न सक्नेछन्, र नमस्ते पे मा उपलब्ध लोयल्टी प्वाइन्ट्समा आकर्षक प्रस्तावहरू समावेश छन् जस्तैः एनपी क्वाइन्स प्रयोग गरी विभिन्न भ्वाइस/डाटा प्याकहरू र टप-अप रिडिम गर्नसक्ने, विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले एनपी प्वाइन्टस रिडिम गर्ने मौका पाउनेछन् ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको जनाएको छ।
प्रकाशित: २३ श्रावण २०७९, सोमबार