अधिकांशको विद्युतीय कारमा चासो

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
अधिकांशको विद्युतीय कारमा चासो
सांकेतिक तस्विर

काठमाडौं ।

पछिल्लो समय अधिकांशको विद्युतीय कार किन्नेमा चासो बढेको छ।

सन् २०२२ को पहिलो तीन महिनामा ग्यासको मूल्य बढेसँगै हाइब्रिड र इलेक्ट्रिक कार किन्नेहरूको चासो पनि बढेको सीएनएनले जनाएको छ।

विद्युतीय कारहरूले पेट्रोल र ग्यासबाट चल्ने कारहरू भन्दा यसको इन्धनमा कम खर्च हुने भएकाले पनि मानिसहरूको चासो बढेको हो।

हरित आवश्यकता अर्थात् वातावरण सुरक्षाका लागि विद्युतीय कारमा विश्वका अधिकांश मुलुकका मानिसकहरूमा खरिदका लागिग चासो बढेको हो।

मुख्य असर पेट्रोलियम पदार्थका साथै ग्यासको मुल्यमा वृद्धि भएकाले पनि विद्युतीयतर्फ मानिसको चासो लागेको हो।

चालु आर्थिक वर्षमा अन्य इन्धनभन्दा ऊर्जामा विश्वभर मूल्य कम भएकाले यसतर्फ मानिसको रूचि बढेको एडमन्ड्स डट कमका विश्लेषक इभान ड्र्युरीले दाबी गरेका छन्।

उनले भने, “मानिसहरू विभिन्न पेट्रोलियम पदार्थको महंगीका कारण घुँडा टेक्नुपर्ने भएकाले विद्युतिय सवारी साधन प्रयोगमा छिट्टै अभ्यस्त हुने छन्।”

गत जुन महिनामा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढेको बेला पनि, मानिसहरूले सवारी साधनको विकल्प खोजेको र पछिल्लो समय इलेक्ट्रिक वा हाइब्रिड कारको बीमा सुविधामा बढावा दिएकाले आकर्षण बढ्न थालेको हो।

सीएनएनका अनुसार सन् २०२२ मार्चमा अमेरिकाको कूल जनसँख्याको २५% व्यक्तिले विद्युतिय कारको प्रयोग गरेका थिए। जुनदेखि अगष्ट ८ सम्म थप २२% विद्युतिय कारप्रति इच्छा देखाएका छन्।

जसका कारण आगामी सन् २०२५ मा विश्वका सबै देशमा कूल जनसख्याको कम्तिमा ५% ले विद्युतिय निजी सवारी साधनको प्रयोग गर्नेमा दुईमत नभएको इडमुन्डसडटकमलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार