बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने

काठमाडौं ।

इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्रालि बिच ‘कल सेन्टर पार्टनरसिप’ को साझेदारी भएको छ।

जसअन्तर्गत बिजबजारले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि भक्सक्रोको ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गर्ने भएको हो। ६ सयभन्दा बढी ग्राहक सेवा प्रतिनिधि र विक्रेतालाई सेवा दिई १५० प्रतिशतभन्दा बढी उत्पादकत्व बढाएको भक्सक्रो नेपालको पहिलो कलसेन्टर टेक्नोलोजी प्रवर्तक कम्पनी हो।

बिजबजारले नेपालको हरेक कुनाबाट स्थानीय उत्पादकहरूलाई प्रवद्र्धन गर्नुका साथै ग्रहकलाई भरपर्दो सेवा प्रदान गरिरहेको छ । यसले स्थानीय रोजगारी सृजना र नेपालको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनुका साथै उपभोक्ता हित र सेवा व्यापार उद्योगलाई डिजिटलाइज गर्नमा केन्द्रित रहेको बिजबजारले जनाएको छ।

पठाओ, एमआई नेपाल, फुडमाण्डु, टिभिएस, फोनपे, बुद्ध एयर, उपासिटी काग्रो, नर्भिक हस्पिटल, आईमार्क डिजिटल, इबीमा, निमा एकेडेमी, टिडिओ नेपाल, साथीमार्ट लगायत ७० वटाभन्दा बढी संस्थाहरूले ‘गेटडेस्क’ सफ्टवेयर प्रयोग गरिरहेका छन् ।

भक्सक्रोले एनजीओ, आईएनजीओ, इकमर्स, राइड हाइलिङ, डेलिभरी एण्ड लजिस्टिक, हेल्थकेयर, फिन्टेक लगायत १० वटा विभिन्न इन्डस्ट्रिहरूमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको दावी छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार