क्रोमबुक र ट्याबलेटको बिक्री लगातार चौथो त्रैमाससम्म घट्यो

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
क्रोमबुक र ट्याबलेटको बिक्री लगातार चौथो त्रैमाससम्म घट्यो

काठमाडौं ।

ग्लोबल क्रोमबुक र ट्याबलेटको बिक्री सन् २०२२ को दोस्रो त्रैमाससम्म पनि घट्दो क्रममा रहेको छ। रिसर्ज फर्म क्यानिालिसअनुसार क्रोमबुक र ट्याबलेटको बिक्री १४ प्रतिशतले १०५ मिलियन यूनिटमा झरेको छ।

बढ्दो मूल्यवृद्धि, चीनमा कोभिडका कारण लकडाउन, उपभोक्ता र शिक्षा खर्चको कटौतीलाई गिरावटको मुख्य कारण मानिएको छ।

क्यानिालिसको रिपोर्ट अनुसार सन् २०२२ को दोस्रो त्रैमासमा विश्वव्यापी क्रोमबुक र ट्याबलेट बिक्री लगातार घटिरहेको छ।

ट्याबलेटको बिक्रीमा लगातार चौथो त्रैमाससम्म कमी आएको छ। गत वर्षको तुलनामा ११ प्रतिशत अर्थात ३४.८ मिलियनले ट्याबलेटको बिक्री घटेको छ।

क्रोमबुकको माग पनि लगातार चौथो त्रैमाससम्म घटिरहेको छ। सन् २०२२ को दोस्रो त्रैमासमा क्रोमबुकको बिक्री ५७ प्रतिशतले ५.१ मिलियन युनिटमा झरेको छ।

ट्याबलेट बजारमा एप्पलले अग्रता कायम पनि उल्लेखनीय गिरावटको समाना गरिरहेको छ। दोस्रो त्रैमासमा एप्पलको बिक्री १५ प्रतिशतले १२ मिलियन युनिटमा झरेको छ। १३ प्रतिशत गिरावटको सामना गरेको सामसङले ७ मिलियन युनिट बिक्री गरेको छ। ३.५ मिलियन युनिट सहित लेनेभो तेस्रो स्थनमा छ। ६ प्रतिशत वृद्धि हासिल गर्दै ३.३ मिलियन युनिट बिक्री गरेको अमेजन चौथो स्थानमा छ।

गत वर्षको तुलनामा २६ प्रतिशत बजार गुमाएको ह्वावे १.७ मिलियन युनिट सहित पाँचौं स्थानमा छ।

क्रोमबुकको बजारमा ऐसर अग्र स्थानमा छ। गत वर्षको तुलनामा २८ प्रतिशत बिक्री घटेपनि ऐसरको कुल बजार हिस्सा २५ प्रतिशत छ। गत वर्षको तुलनामा ५६ प्रतिशत बिक्री घटेको लेनेभो दोस्रो स्थानमा छ। एचपीको ७९ प्रतिशत बिक्री घटेको छ। डेल र असुस चौथो र पाँचौं स्थानमा छन्।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार