
काठमाडौं ।
गुगलले आफ्नो प्ले स्टोरबाट हालसालै १३ एन्ड्रोइड एपहरु हटाएको छ। यी एपहरूले अनुचित रूपमा प्रयोगकर्ताहरूलाई लक्षित गरेको आरोप लगाइएको छ। यससँगै चिन्ताको विषय यो हो कि लाखौं प्रयोगकर्ताहरूले यी एपहरू डाउनलोड गरिसकेका छन्।
यी एपहरूले विज्ञापनहरू मार्फत प्रयोगकर्ताहरूलाई लक्षित गर्न र तिनीहरूको फोनलाई सुस्त बनाउन काम गर्दछ। यदि तपाईंले यी मध्ये कुनै पनि एप इन्स्टल गर्नुभएको छ भने, तपाईंले यसलाई तुरुन्तै हटाउनुहोस्।
वास्तवमा कम्प्युटर सेक्युरिटी कम्पनी म्याकफीले गुगल प्ले स्टोरमा रहेका धेरै खतरनाक एप्सको बारेमा रिपोर्ट प्रस्तुत गरेको छ। रिपोर्टमा यी एप्सले प्रयोगकर्तालाई गलत तरिकाले विज्ञापन दिने गरेको दाबी गरिएको छ।
यी एपहरूले प्रयोगकर्ताको फोनलाई विज्ञापनले भरिदिन्छ, त्यसपछि प्रयोगकर्ताको फोन ह्याङ्ग हुन्छ र स्लो हुन्छ। म्याकफीको रिपोर्टपछि गुगलले प्ले स्टोरबाट १३ खतरनाक एन्ड्रोइड एप्सलाई प्रतिबन्ध लगाए पनि धेरै प्रयोगकर्ताहरूले ती एपहरू डाउनलोड गरेका छन्।
गुगलले आफ्नो प्ले स्टोरमा लिस्ट गर्नुअघि एपको सुरक्षा जाँच गर्छ तर धेरै पटक यस्ता खतरनाक एपहरू सेक्युरिटी साइकलबाट बचेर गुगल प्ले स्टोरमा लिस्ट हुन्छन्। त्यसपछि उनीहरुलाई चिन्न गाह्रो हुन्छ। यी धेरैजसो खतरनाक एपहरू जंक क्लिनर एप्सको नाम समावेश थियो, जसले प्रयोगकर्ताको फोन गलत तरिकाले प्रयोग गरिरहेको थियो।
यस्तो छ खतरनाक एपहरुको सूची
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार