नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

काठमाडौं ।

सोलुखुम्बुको थुलुङ दूधकोसी र नेचासल्यान गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।

थुलुङ दूधकोसी गाउँपालिकाको अधिकांश क्षेत्र र नेचासल्यान गाउँपालिकाको केही भेगमा टेलिकमको नेटवर्क अनियमित भएको प्रयोगकर्ताले बताएका छन् ।

त्यस क्षेत्रमा फोन नलाग्ने, लागिहालेमा पनि आवाज नबुझिनेजस्ता समस्या देखिएको स्थानीयले बताएका छन् । विद्युत्का कारण थुलुङ दूधकोसी गाउँपालिका–२, काँगेलस्थित टेलिकमको टावरमा समस्या आएको कार्यालयले जनाएको छ ।

बर्षात्को समयमा स्थानीय विद्युत् आयोजनाको सेवा अवरुद्ध हुँदा छिनछिनमा नेटवर्क आउने–जाने भइरहेको नेपाल टेलिकम ओखलढुङ्गाका इन्जिनियर रोशन पण्डितले बताए। काँगेलबाट जुबु लिङ्क हुने भएकाले काँगेलको टावर डाउन हुनेबित्तिकै सो क्षेत्रको सम्पूर्ण सेवा अवरुद्ध हुने इन्जिनियर पण्डितको भनाइ छ।

काँगेलको समस्या समाधानका लागि ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटाइने भएको छ। गोरखापत्रबाट

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार