
काठमाडौं ।
सहकारीहरूका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार सहकारीहरूका लागि ‘कोप कार्ड’ शुरु गरेका हुन्।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमबिच ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको हो। विगत केही समय अगाडीदेखि एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागिएको हो।
यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्राक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम, पिओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बताईएको छ। यस ‘कोप कार्ड’ ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरूले जारी गर्ने जानकारी दिईयो।
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार