रेडमी नोट ११टी प्रो शाओमी एलसीडी स्क्रिन प्रयोग गर्ने अन्तिम फोन हुने

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
रेडमी नोट ११टी प्रो शाओमी एलसीडी स्क्रिन प्रयोग गर्ने अन्तिम फोन हुने

काठमाडौं ।

चिनियाँ उत्पादक कम्पनी शाओमीले हरेक वर्ष ठूलो संख्यामा स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ। पछिल्ला केही वर्षहरुमा ओएलईडी डिस्प्लेको लोकप्रियकता उल्लेखनिय रुपमा बढ्दै गएको छ।

स्मार्टफोन उत्पादकहरु विस्तारै एलईडी डिस्प्ले छोड्दै छन्। अधिकतम फ्ल्यागसिप स्मार्टफोन ओएलईडी डिस्प्लेमा उपलब्ध छन् भने मिड रेञ्जका डिभाइसले पनि ओएलईडी प्रयोग गर्न शुरु गरिसकेका छन्।

नयाँ रिपोर्टका अनुसार शाओमीले एलसीडी डिस्प्ले प्रयोग नगर्ने भएको छ।
शाओमी ग्रुपका कार्यकारी झाङ यूले रेडमी नोट ११टी प्रो अन्तिम एलसीर्ड स्क्रिन उक्त फोन हुने भनेर पोष्ट गरेको गिजचाइनाले लेखेको छ।

ओएलईडी डिस्प्ले प्रयोगमा आएसँगै स्मार्टफोनको मूल्य बढ्ने छ।

ओएलईडी डिस्प्ले मिड देखि हाई रेञ्जका स्मार्टफोनमा लोकप्रिय भइरहेको छ। यस्तोमा रेडमी पनि ओएलईडी डिस्प्लेमा रुपान्तरण हुन गइरहेको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २० श्रावण २०७९, शुक्रबार