चीनले डाटा चोर्न सक्ने आशंकामा बेलायत संसदको टिकटक एकाउन्ट बन्द

  • Technology Khabar | २० श्रावण २०७९, शुक्रबार
चीनले डाटा चोर्न सक्ने आशंकामा बेलायत संसदको टिकटक एकाउन्ट बन्द

काठमाडौं ।

बेलायत संसदले आफ्नो टिकटक एकाउन्ट बन्द गरेको छ। सांसदहरुले डाटा चीनमा पुग्ने चिन्ता व्यक्त गरेसँगै बेलायत संसदले टिकटक एकाउन्ट बन्द गरेको बीबीसीले उल्लेख गरेको छ।

संसदको टिकटक एकाउन्ट शुरु गरिएको दिनमै एकाउन्ट लक र कन्टेन्टहरु डिलिट गरिएको छ।

सांसदहरुले टिकटकले चीनलाई डाटा हस्तान्तरण नगर्ने विश्वसनीय आश्वसन नदिएसम्म एकाउन्ट हटाउन आह्वान गरेका थिए।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ। कम्पनीले आफू चीन सरकारको नियन्त्रणमा नरहेको दाबी गर्दै आइरहेको छ।

चीनले गत वर्ष बेलायतका धेरै सांसदहरु माथि प्रतिबन्ध लगाएसँगै दुई शक्ति राष्ट्रको सम्बन्ध चिसिएको छ।

‘सदस्यहरुको प्रतिक्रियाको आधारमा हाम्रो पाइलट यूके संसद टिकटक एकाउन्ट योजना भन्दा पहिले बन्द गर्दछौं,’ बेलायत संसदका प्रवक्ताले भनेको बीबीसीले लेखेको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार