ज्यागुअर आई-पेस ईभी चार्जका क्रममा आगलागी

  • Technology Khabar | १९ श्रावण २०७९, बिहीबार
ज्यागुअर आई-पेस ईभी चार्जका क्रममा आगलागी

काठमाडौं ।

विलासी सवारी उत्पादक ज्यागुअरको ज्यागुअर आई-पेस ईभीमा आगलागी भएको छ। अमेरिकाको फ्लोरिडाका ग्राहकले ज्यागुअर आई-पेस रातमा चार्ज गर्दा आगलागी भएको हो।

आई-पेस सम्बन्धित आगलागीको यो चैथो घटना भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

कार मालिलकले आफ्नो घरमा आगलागी हुनबाट जोगाउनका लागि करलाई ग्यारेजबाट सफलतापूर्वक बाहिर निकाल्न सफल भएका छन्।

इलेक्ट्रिक सवारी साधनमा आगलागी प्रमुख जोखिमको रुपमा देखिएको छ। ईभीका ब्याट्री छोटो समयमा अत्याधिक तात्ने समस्याका कारण आगलागीका घटना बारम्बार दोहोरिरहेका छन्।

कार १२ माइल (करिब २० किलोमिटर)को यात्रा पछि चार्जमा राखिएको थियो। कार मालिक गोन्जालो सालाजारले २० किलोमिटर यात्रा अघि पनि कार रातभर चार्ज गरेका थिए।

यात्राबाट फर्केपछि पनि उनले ग्यारेजमा कार चार्जमा राखेका थिए।

ग्यारेजमा कार पार्क गरेलगत्तै सालाजारले कारबाट चर्को आवाज सुने। त्यसपछि उनी दौडेर ग्यारेजमा पुग्दा कारबाट बाक्लो धुवाँसहित आगोका लप्का निस्किरहेको थियो। कार धनीले आगोको प्रभावलाई कम गर्न कारलाई ग्यारेज बाहिर निकाल्न सफल भए। आगलागीबाट घरमा ठूलो क्षति नपुगे पनि कार भने जलेर ध्वस्त भएको छ।

आगलागी भएको ज्यागुअर आई-पेस ईभी सन् २०१९ को मोडल रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।

आगलागीको क्रममा खिचिएको भिडियोमा आगो सहित साना विस्फोटहरु भएको देखिन्छ। कारमा प्रयोग गरिएको एलजी ब्याट्री सेलका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।

आई-पेससँग यस अघि घटेको आगलागी सम्बन्धी घटना पनि ब्याट्री समस्याका कारण उत्पन्न भएको थियो। ज्यागुअरले आई-पेस सम्बन्धी थप विवरणहरु जारी गर्नु अघि जलेर नष्ट भएको कारलाई राम्ररी निरीक्षण गर्ने बताएको छ।

प्रकाशित: १९ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार