
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक पब्लिक कम्पनी बनेको छ। कम्पनी रजिष्ट्रार कार्यालयले ब्रोडलिंकलाई पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति दिएको कम्पनीले जनाएको छ।
ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेडको रुपमा सेवा प्रवाह गर्दै पूर्ण नियमानुसारको मापदण्ड पुर्याएर चाँडै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा रहेको कम्पनीको नीति बुँदामा उल्लेछ छ।
कम्पनी ऐन, २०७४) अनुसार ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरू पब्लिकमा जानुपर्ने नियम छ।
प्रकाशित: १९ श्रावण २०७९, बिहीबार