
काठमाडौं ।
राहदानी विभागले आजदेखि नियमितरुपमा अनलाइनमार्फत आवेदन लिने भएको छ।
विभागले यसअघि बन्द गरेको अनलाइन आवेदन फाराम मंगलबार बिहान ११ बजेदेखि खोल्ने उल्लेख गरेको छ।
विभागले सेवाग्राहीहरुको सहजताका लागि दैनिकरुपमा अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ।
पछिल्लो दिनमा ई पासपोर्ट बनाउनका लागि विभागमा बढि भिड भएको भन्दै आफ्ना सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट नै पासपोर्ट बनाउन विभागले अनुरोध गर्दै आएको छ।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार