
काठमाडौं ।
चीनको गेमिङ नियामकले सोमबार १३६ नयाँ अनलाइन गेमहरूलाई प्रकाशन अनुमति दिएको छ। बिगत लामो समयदेखि अनुमति रोकिएकोमा हालै एकैपटक नयाँ अनुमति दिईएको हो।
नयाँ अनुमति पाउनेमा जी-बीट्स नेटवर्क टेक्नोलोजी जियामेन कम्पनी लिमिटेड र आईड्रिमस्काई जस्ता विकासकर्ताहरूसँग सम्बन्धित शीर्षकहरू समावेश छन्।
विश्वकै चर्चित टेक कम्पनीहरू टेन्सेन्ट र नेटइज इंकका गेम टाइटलहरू राष्ट्रिय प्रेस र सार्वजनिक प्रशासन द्वारा प्रकाशित स्वीकृत सूचीमा थिएनन्।
यसअघि नियामक निकायले गेमिङ्ग क्षेत्रमा क्र्याकडाउन गर्दै विभिन्न नयाँ नियम तथा सीमाहरु कायम गरेको थियो। जसमा गेम खेल्ने समय, बालबालिकालाई गेम खेल्न दिने नियमलगायतका विषयहरु थिए।
प्रकाशित: १७ श्रावण २०७९, मंगलवार