एसइइ दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनाले निशुल्क पढ्न पाउने

  • Technology Khabar | १७ श्रावण २०७९, मंगलवार
एसइइ दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, एक हजार जनाले निशुल्क पढ्न पाउने

काठमाडौं ।

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइइ परिक्षा उतिर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् ।

यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि इसेवा एप मार्फत आफुले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नु पर्नेछ ।

यसका लागि विद्यार्थीले रु १० तिरेर आवेदन दिन सकिनेछ भने यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउनेछन । यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ ।

कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर पनि थप जानकारी लिन सक्ने कम्पनीले जनाएकोछ।

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार