
काठमाडौं ।
भारतको फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रिया आज (सोमबार) पुरा भएको छ। यस प्रक्रियामा करिब १ लाख ५० हजार १७३ करोड (१५ अर्ब) भारु बराबरको स्पेक्ट्रममा बोली लगाइएको छ।
मुकेश अम्बानीको रिलायन्स जियोले फाइभजी स्पेक्ट्रममा सबैभन्दा धेरै बोली लगाएको जागरणले उल्लेख गरेको छ। २६ जुलाई २०२२ देखि शुरु भएको स्पेक्ट्रम लिलामी १ अगष्टमा सकिएको हो।
फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रियामा मुकेश अम्बानीको रिलयान्स जियो, सुनील मित्तलको भारतीय एयरटेल, गौतम अडानीको अडानी इन्टरप्राइजे लिमिटेड र भोडाफोन आइडिया सहभागी थिए।
अघिल्लो वर्ष फोरजी स्पेक्ट्रमको लिलामीमा ७७ हजार ८१५ करोड भारुको बोली लगाइएको थियो। फाइभजी स्पेक्ट्रम लिलामीमा दुई गुणा बढीमा भएको छ। सन् २०१० मा थ्रीजी स्पेक्ट्रम ५० हजार ९६८ करोड भारुमा लिलाम गरिएको थियो।
फाइभजी स्पेक्ट्रम लिलामी प्रक्रियामा जियोले भन्दा धेरै रकममा एयरवेब खरिद गरेको छ। त्यसपछि भारती एयरटेल र भोडाफोन आइडिया रहेका छन्। फोरजीको तुलनामा फाइभजी स्पिड १० गुणा फास्ट हुने दाबी गरिएको छ। साथै ल्याग फ्रि कनेक्टिभिटी प्राप्त हुन्छ। फाइभजीका माध्यमबाट रियल टाइमा लाखौं डिभाइस कनेक्टेड हुनेछ। साथै तीब्र गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ।
अडानी समूहले २६ मेगाहर्ज स्पेक्ट्रममा प्राइभेट टेलिकम नेटवर्क स्थापना गर्नेछ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार