टेलिटद्वारा थालेसको सेलुलर आईओटी व्यवसाय अधिग्रहण

  • Technology Khabar | १६ श्रावण २०७९, सोमबार
टेलिटद्वारा थालेसको सेलुलर आईओटी व्यवसाय अधिग्रहण

काठमाडौं ।

थालेसले मोबाइल आईओटी व्यवसायलाई टेलिटसँग गाभेको छ। इन्टरनेट अफ थिङ्ग्स(आईओटी)को विज्ञ कम्पनी टेलिटले थालेसको मोबाइल आईओटी अपरेसन प्राप्त गर्न सहमत भएको हो।

दुई कम्पनीहरूले जुलाई २९ तारिखमा घोषणा गरेअनुसार प्रस्तावित कारोबारमा फोरजी एलटीई र एलपीडब्लुएएनदेखि ५जीसम्मको वायरलेस कम्युनिकेशन मोड्युल, गेटवे र डाटा (मोडेम) कार्डहरूको थालेस पोर्टफोलियो समावेश छ।

यसको वित्तीय विवरणहरू प्रदान गरिएको छैन र साझेदारहरूले २०२२ को चौथो क्वाटरमा यो सम्झौता सम्पन्न गर्ने आशा राखेका छन्।

यस अधिग्रहणको साथ, टेलिटले औद्योगिक आईओटी खण्डहरूमा आफ्नो पदचिह्न विस्तार गर्नेछ। त्यसैगरी मोड्युल र सेलुलरको सन्दर्भमा साइबर सुरक्षा समाधानहरूमा आफ्नो स्थिति बलियो बनाउनेछ। कम्पनीले भुक्तानी प्रणाली, ऊर्जा, ई-स्वास्थ्य र सुरक्षा जस्ता विविध क्षेत्रहरूमा समाधानहरू प्रदान गर्ने बताईएको छ।

प्रकाशित: १६ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...