
काठमाडौं ।
सानिमा बैंकले आफना ग्राहकहरुलाई “नो डाटा, नो प्रोबलम” योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।
यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले उल्लेख गरेको छ।
मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड भुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न पाउनेछन्।
यो योजना १ अगष्ट, २०२२ देखि लागू भएको छ ।
सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको जनाएको छ।
प्रकाशित: १६ श्रावण २०७९, सोमबार