दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक बाशुकलालाई आरएसटीसीएको सबैभन्दा प्रभावशाली व्यक्तिको अवार्ड

  • Technology Khabar | १५ श्रावण २०७९, आईतवार
दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक बाशुकलालाई आरएसटीसीएको सबैभन्दा प्रभावशाली व्यक्तिको अवार्ड

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बाशुकला ‘मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर २०२२ अवार्ड’ बाट सम्मानित भएकी छन्। उनलाई आरएसटीसीएको २०२२ को सबैभन्दा प्रभावशाली व्यक्तिको अवार्ड प्रदान गरिएको हो।

विगत १५ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गरिरहेको बासुकला हालै सो अवार्डबाट सम्मानित भएकी हुन्।

सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएकी बाशुकला राष्ट्रिय सूचना प्रविधि अवार्डबाट समेत सम्मानित भईसकेकी छन्।
हालै उनले नेपाल इन्जिनियर्स एसोसिएसनको ६० औं इन्जिनियर दिवसमा युथ आउथस्ट्यान्डिङ प्रोफेसनल अवार्डबाट समेत पाएकी छन्।

बासुकला प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखामा उपनिर्देशकको भूमिकामा कार्यरत छिन्।

प्रकाशित: १५ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...