लङ मार्च ५बी रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

  • Technology Khabar | १५ श्रावण २०७९, आईतवार
लङ मार्च ५बी रकेटको भग्नावशेष पृथ्वीमा खस्यो

काठमाडौं ।

चिनियाँ रकेटको भग्नावशेष पृथ्वीको इन्डियन र प्यासफिक महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीहरुले बताएका छन्।

चीनको अन्तरिक्ष एजेन्सीले लङ मार्च ५बीको अधिकांश अवशेष वायुमण्डमा चलेको तथा प्यासफिक महासागरको सुलु सागरमा खसेको बताएको बीबीसीले उल्लेख गरेको छ।

यसअघि अन्तरिक्ष विज्ञहरुले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना कम रहेको बताएका थिए।

विशाल चिनियाँ रकेट बूस्टर अन्तरिक्षबाट पृथ्वीमा खस्दै !

यसअघि पनि नासले चिनियाँ अन्तरिक्ष एजेन्सीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप रकेटहरु साना टुक्रामा डिजाइन गर्न आह्वान गरेको थियो।

एक ट्वीटमा अमेरिकी स्पेस कमाण्डले लङ मार्च ५ करिब १०ः४५ एमडीटी तथा १६ः४५ जीएमटीमा इन्डियन महासागरमा खसेको जानकारी दिएको छ।

चीनको अन्तरिक्ष एजेन्सीले ११९ डिग्री पूर्वी देशान्तर र ९.१ डिग्री उत्तर अक्षंशमा खसेको छ। यो स्थान उक्त प्यासफिक फिलिपिन्स टापु पलावनाको पूर्वमा अवस्थित सुलु सागरको क्षेसँग मेल खान्छ।

प्रकाशित: १५ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार