
काठमाडौं ।
भारतमा फूड डेलिभरी कम्पनी जोमाटोको सेयरमा लगातार गिरावट आएपछि जोमाटोले आफ्ना कर्मचारीलाई प्रतिकित्ता १/१ भारतीय रुपैयाँमा ४.६६ करोड शेयर वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीले यी सेयरहरू ईएसओपी (इम्प्लोई स्टक अप्सन प्लान) अन्तर्गत उपलब्ध गराउने भएको भारतीय मिडियाहरुले जनाएका छन्।
कम्पनीले २६ जूलाईमा भारतीय स्टक एक्सचेन्जलाई दिएको जानकारीमा सञ्चालक समितिको मनोनयन तथा पारिश्रमिक समितिले ४ करोड ६५ लाख ५१ हजार ६ सय सेयर कर्मचारीलाई स्टक विकल्प अन्तर्गत दिने निर्णय गरेको जनाएको छ। जोमाटोको हालको शेयर मूल्यअनुसार ४.६६ करोड शेयरको मूल्य हाल १९३ करोड भारतीय रुपैयाँ हुनेछ ।
जोमाटोको शेयर मूल्य गिरावट हुनुको कारणमा सरकारी नियमलाई दोष देखाईएको छ। जोमाटोको शेयर २३ जुलाई २०२१ मा भारतीय बजारमा सूचीबद्ध भएको थियो, कम्पनीका संस्थापकलगायत कर्मचारीहरूका लागि एक वर्ष भनेको लक-इन अवधि हो र हाल सो अवधि सकिएको बताईएको छ।
यी सेयरधनीहरूले जोमाटोको कुल चुक्ता पूँजीको लगभग ७८ प्रतिशत (६१३3 करोड शेयर) ओगटेका हुनाले यो बिक्रीको दबाबमा छ।
जसले गर्दा अब शेयर मूल्य बढ्ने दाबी गरिएको छ।
प्रकाशित: १५ श्रावण २०७९, आईतवार