फेसबुकमार्फत हनि ट्रयापिङ गरेको अभियोगमा दम्पती पक्राउ

  • Technology Khabar | १४ श्रावण २०७९, शनिबार
फेसबुकमार्फत हनि ट्रयापिङ गरेको अभियोगमा दम्पती पक्राउ

काठमाडौं ।

सामाजिक संजालमार्फत हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका छन्।

प्रहरीकाअनुसार उनीहरुले काठमाडौंस्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुकमार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्रास देखाई मोलमोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गर्ने गरेका थिए।

सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसँग कुराकानी गर्ने, अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई मोलमोलाई गरेर ब्ल्याकमेल गरी ठुलो रकम माग गर्ने गरेको बताईएको छ।

रोजिना राउतको श्रीमान शेखर बास्तोलाले भने आफूलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराउने र दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन रोजिनाले आफ्नै श्रीमानलाई नक्कली प्रहरी निरीक्षक भनि मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार