
काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले छिट्टै ‘चिप्स र साइन्स एक्ट’मा हस्ताक्षर गर्ने भएका छन्। देशभित्रै चिपको विकास र उत्पादनलाई बढावा दिने उद्देश्यका साथ ल्याउन लागिएको सो विद्येयक अमेरिकी सिनेट र सदन दुवैबाट पारित गरेपछि राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्ने बताईएको छ।
यसले विद्येयकले अमेरिकी चिप क्षेत्रलाई ५४ अर्ब अमेरिकी डलरको प्रोत्साहन गर्नेछ।
ह्वाइट हाउसले यो कानून कम्प्युटरका साथै कार र उपकरणहरू सस्तो बनाउनको लागि रहेको बताएको छ।
विद्येयकले देशभर उच्च मूल्य तिर्ने निर्माण कार्यहरू सिर्जना गर्न, चिप र अन्य क्षेत्रहरूमा अमेरिकी नेतृत्वलाई बलियो बनाउन पनि सहयोग गर्ने उल्लेख छ।
प्रकाशित: १४ श्रावण २०७९, शनिबार