
काठमाडौं ।
सन् २०२२ को दोस्रो त्रैमासमा स्मार्टफोनको बिक्रीमा गिरावट आएको छ। क्यानालिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार २०२१ को दोस्रो त्रैमासको तुलनामा २०२२ को सोही अवधिमा स्मार्टफोनको ढुवानी ९ प्रतिशतले घटेको देखिएको छ।
सन् २०२२ को अप्रिलदेखि जुनसम्मको अवधिमा २८७.४ यूनिट स्मार्टफोन विश्वव्यापी रुपमा ढुवानी भएको छ। गत वर्षको सोही अवधिमा स्मार्टफोन ३१५.६ मिलियन यूनिट स्मार्टफोन ढुवानी भएको थियो। यो सन् २०२० को दोस्रो त्रैमासपछिको सबैभन्दा ठूलो गिरावट भएको गिजचाइनाले उल्लेख गरेको छ।
विश्लेषकका अनुसार भूराजनीतिक अवस्था, उच्च मूल्यवृद्धि र समग्र उपभोत्ताको विश्वासमा आएको कमीले स्मार्टफोन बिक्रीमा नकारात्मक असर परेको छ। निकट भविष्यमा स्मार्टफोनको आपूर्तिमा गिरावट जारी रहने क्यानालिसले चेतावनी दिएको छ।
‘विश्व स्मार्टफोन बजारले २०२१ मा छोटो रिकभरी पछि ढुवानीमा गिरावटको दोस्रो अवधि सामना गरिरहेको छ। मागमा आएको अचानक गिरावटले प्रमुख बिक्रेताहरु मर्कामा परिरहेका छन्,’ क्यानालिस अनुसन्धान विश्लेषकले बताएका छन्।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार