फेसबुकको जस्तै फिचर टेस्टिङ गर्दै ट्विटर

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
फेसबुकको जस्तै फिचर टेस्टिङ गर्दै ट्विटर

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले फेसबुकको जस्तै एउटा फिचर टेस्टिङ गरिरहेको छ। अब ट्विटरमा पनि फेसबुकको स्टेटस फिचर देख्न पाइने भएको छ।

ट्विटरले स्टेटस फिचर अमेरिका र अस्ट्रेलियामा टेस्टिङ गरिरहेको छ। नयाँ फिचरमा कस्टम इमोजीको विकल्प उपलब्ध छैन।

यो फिचर धेरै हदसम्म फेसबुकको पुरानो स्टेटस फिचर जस्तो भएको टेकक्रन्चले उल्लेख गरेको छ।

नयाँ फिचरको एउटा स्क्रिनसट पनि बाहिरिएको छ। ट्विटरमा स्टेटस थिमका लागि थ्रेट, हट टेक, भ्याकेसन मोड, सन, ट्राभलिङलगयात उपलब्ध छ। प्रयोगकर्ताले अक्षर टाइम नगरिकन उक्त स्टेटस थिम प्रयोग गर्न सक्छन्।

नयाँ फिचरको कोड नाम ‘भाइब’ रहेको बुझिएको छ।

टिकटक बन्न खोजिरहेको आरोपको सामना गरिरहेको फेसबुकको फिचर कपी गरेर ट्विटर भने फेसबुक बन्न खोजिरहेको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १३ श्रावण २०७९, शुक्रबार