सामसङ र क्वालकमबीच नयाँ इजाजतपत्र सम्झौतामा हस्ताक्षर

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
सामसङ र क्वालकमबीच नयाँ इजाजतपत्र सम्झौतामा हस्ताक्षर
सामसङको फोन हेर्दै ग्राहकहरु। फाइल तस्बिर

काठमाडौं ।

सामसङ र क्वालकमले नयाँ इजाजतपत्र सम्झौतामा हस्ताक्षर गरेका छन्। क्वालकमले सामसङ इलेक्ट्रोनिक्ससँग नयाँ इजाजतपत्र सम्झौता सुरक्षित गरेको हो।

नयाँ प्याटेन्ट इजाजतपत्र सम्झौताले २०३० को अन्त्यसम्ममा ३जी, ४जी, ५जी र आगामी सिक्सजी मोबाइल प्रविधिलाई समेट्छ।

उनीहरूले स्मार्टफोन, पीसी, ट्याब्लेट, एक्सटेन्डेड रियालिटी र भविष्यका प्रिमियम सामसंग ग्यालेक्सी उत्पादनहरूका साथै अन्य उपकरणहरूका लागि स्न्यापड्रागन प्लेटफर्महरूसँग आफ्नो सहकार्य विस्तार गर्न पनि सहमत भए।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...