टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

काठमाडौं ।

सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ। टाटा मोटर्स्द्वारा निर्मित विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा भित्र्याएको सिप्रदीले जनाएको छ।

कम्पनीकाअनुसार एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित भएको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ।

आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदिका कारण यसको लोकप्रियता बढ्दै गएको कम्पनीको दावी छ । द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषता रहेको यो गाडीका लागि “फास्ट चार्जिङ्ग“ र “स्लो चार्जिङ्ग“ दुवै चर्जिङ्ग स्टेसनको वृहत सञ्जाल एवं अत्याधुनिक सुविधा विस्तार गरिएका कारण पनि नेक्सन ईभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सफल भएको कम्पनीको भनाइ छ।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप ‘इजी’ मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारहरुले गरिरहेको कम्पनीको भनाइ छ ।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दा बढी एसी चार्जरहरु जडान गरेको जानकारी दिएको छ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार