सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृहको निर्देशन
सांकेतिक तस्बिर

काठमाडौं ।

गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ।

गृहले सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई उक्त निर्देशन दिइएको जनाएको छ।

गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन्।

मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ।

सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ।

सिंहदरबार भित्रको सीसीटिभीको अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ।

हालै बजेट विवादमा अर्थ मन्त्रालयको सीसीटिभी फूटेजको स्टोरेज क्षमता ३ महिनासम्म सुरक्षित नभएको समाचार बाहिरिएको थियो।

सिसिटीभी सम्बन्धित नियमअनुसार सिसिटीभी राख्नेले कम्तिमा ३ महिनासम्मको ब्याकअप राख्नुपर्दछ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार