एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत भुक्तानी सेवा सुरु

काठमाडौं ।

एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ।

यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट बाट नै भर्चुअल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १,५०० भन्दा बढी मर्चेन्टहरुमा भिसा क्यूआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिने बैंकले उल्लेख गरेको छ। मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

बैंकले १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis astronauts pass half-way point on way to Moon

  • Technology Khabar
  • १३ श्रावण २०७९, शुक्रबार