खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” मा करोड भन्दा बढी सङ्ख्यामा कारोबार

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” मा करोड भन्दा बढी सङ्ख्यामा कारोबार

काठमाडौं ।

खल्ती हाइपरलिंकले आफ्ना प्रयोगकर्ताहरूका लागि आयोजना गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा १ करोडभन्दा बढी संख्यामा कारोबार भएको छ।

कम्पनीले जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको अफरमा पाँच लाख ग्राहकले सो संख्यामा कारोबार गरेका हुन् ।

कम्पनीकाअनुसार यो अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले क्यासब्याक तथा थुप्रै उपहार जितेका थिए। यसका साथै अफर अन्तर्गत ३ जनाले बजाज पल्सर एनएस १६० एबिएस बाइक, ७६ जनाले ७ ओटा वनप्लसको ४३ इन्चको स्मार्ट टिभी, १४ ओटा स्मार्टफोन, ५२ ओटा फ्लाइट टिकट र ५२ ओटा स्मार्टब्याण्ड लक्की ड्र मार्फत प्राप्त गरेका थिए।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न अफरहरू प्रदान गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार