बंगलादेशमा पब्जी प्रतियोगितामा सहभागी १०८ खेलाडी पक्राउ

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
बंगलादेशमा पब्जी प्रतियोगितामा सहभागी १०८ खेलाडी पक्राउ

काठमाडौं ।

बंगादेशमा पब्जी खेल्ने १०८ जना खेलाडी पक्राउ परेका छन्। ल्यान प्रोग्राममा भाग लिइरहेको अवस्थामा बंगलादेशको चुआडाङाबाट १०८ जना पब्जी खेलाडीलाई प्रहरीले पक्राउ गरेको गेमिङफोनले उल्लेख गरेको छ।

पब्जी मोबाइल चुआडाङा लिग (पीएमसीएल)को क्रममा बुधबार बिहान दौलतदियार नजिकैको सामुदायिक केन्द्रबाट खेलाडीहरुलाई पक्राउ गरिएको हो।

अनलाइन जुवा खेलेको आरोपमा मोबाइल अदालतले २४ खेलाडीलाई जेल चलान गरेको छ। साथै आयोजकले पनि स्थानीय निकायबाट प्रतियोगिताका लागि अनुमति लिएका थिएनन्।

सन् २०२१ मा बंगलादेश उच्च अदालतले पब्जी मोबाइल फ्री फायर केही अन्य एपहरुमा प्रतिबन्ध लगाएको थियो। ती एपहरु देशका लागि विनाशकारी भएको ठहर गर्दै अदालतले प्रतिबन्ध लगाएको हो।

यस विषयलाई लिएर विभिन्न बहसहरु पनि भएका छन्। यो प्रतिबन्ध कहिलेसम्म कायम हुन्छ भन्ने निश्चित छैन।

खेलाडीहरुलाई प्रतिबन्धित खुवा खेलेको अभियोग लगाइएको छ। १०८ जना मध्ये २४ जनालाई दुई दिनको कैद सजाय सुनाएर जेल पठाइएको छ। अन्य ७८ खेलाडी वयस्क नभएका कारण जेल चलान गरिएको छैन।

आयोजकलाई कस्तो सजाय दिइएको छ भन्ने कुराको सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन।

उक्त प्रतियोगितमा बंगलादेशका १९ टिमको सहभागीता रहेको थियो।

जसमा बंगलादेशको लोकप्रिय पब्जी टिमहरु एवान इस्पोटर्स, टीआरजेड र आईएनईएस लगायत छन्।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार