ट्विटरका ५४ लाख प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
ट्विटरका ५४ लाख प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा

काठमाडौं ।

ट्विटर प्रयोगकर्ताका व्यक्तिगत डाटा बिक्रीमा राखिएको छ।

एकजना ह्याकरले सुरक्षा त्रुटीको फाइदा उठाउँदै लाखौँ प्रयोगकर्ताका डाटा हात पारेको र डाटा अहिले बिक्रिमा राखिएको रोयटर्सले जनाएको छ।

त्यसका लागि ह्याकरले ३० हजार डलर माग गरेका छन्।

सुरक्षा त्रुटिका कारण अधिकांश ट्विटर प्रयोगकर्ताका व्यक्तिगत डाटा ह्याकरको हातमा पुगेकाले समस्या देखिएको बताईएको छ।

ट्विटरको डाटाबेसमा त्रुटिका कारण ५४ लाख ट्विटर प्रयोगकर्ताका व्यक्तिगत हात ह्याकरले हात पारेको एक अध्ययनले देखाएको हो।

यस अघि, ट्विटरले उक्त समस्यालाई वास्तविक सुरक्षा समस्याको रुपमा लिँदै त्रुटी पत्ता लगाउनेलाई करीब ६ लाख रुपैयाँ पुरस्कार दिएको थियो र उक्त समस्याको समाधान गरेको थियो ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार