चिनियाँ ब्राण्ड अनरले भारतीय बजार नछोड्ने स्पष्टोक्ति

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
चिनियाँ ब्राण्ड अनरले भारतीय बजार नछोड्ने स्पष्टोक्ति

काठमाडौं ।

चिनियाँ ब्राण्ड अनरले भारतीय बजारबाट आधिकारिक रूपमा फिर्ता भएको दाबी गरिएको एक रिपोर्टको खण्डन गरेको छ। अनर इण्डियाको आधिकारिक ट्विटर ह्यान्डल एक वर्ष भन्दा बढी समयदेखि निष्क्रिय रहेको र कारोबार रोकिएको उक्त रिपोर्टले औंल्याएको थियो।

यद्यपि, एक विज्ञप्तिमा अनरका प्रवक्ताले यी दावीहरूलाई अस्वीकार गरेका छन् र कम्पनीले भारतमा सञ्चालन जारी राख्ने पुष्टि गरेको ग्याजेट ३६० ले उल्लेख गरेको छ।

जूनमा, ब्रान्डले अनर वाच जीएस ३ भारतमा रु. १२,९९०मा लन्च  गरेको थियो ।

पछिल्लो समय भारत र चीन बिचको द्धन्दका कारण विभिन्न चिनियाँ कम्पनीहरुमा कडाई गरिरहेको समाचारहरु भारतीय मिडियाहरुले उल्लेख गरिरहेको सन्दर्भमा अनर पनि बाहिरिएको बताईएको थियो।

अनर ब्राण्ड यसअघि टेक जायन्ट ह्वावेको अधिनमा थियो भने त्यसलाई पछि बिक्री गरिएको थियो। हाल अनरले स्वतन्त्र ब्राण्डको रुपमा काम गर्ने गर्दछ।

अनरका प्रवक्ताले एक विज्ञप्तीमा भनेका छन्, “अनरले भारतमा व्यापार सञ्चालन कायमै राखेको छ र यसको विकासलाई निरन्तरता दिनेछ। ‘अनरले आधिकारिक रूपमा भारतीय बजारबाट बाहिरिने घोषणा गरेको यसअघिको समाचार सही होइन।”

अघिल्लो रिपोर्ट अनुसार, अनरले नाफाको मजा लिँदा पनि भारतीय बजारबाट बाहिरिने निर्णय गरेको दाबी गरिएको थियो। यी दावीहरूलाई कम्पनीले खण्डन गरेको हो।

कम्पनीले हालै चीनमा अनर म्याजिकबुक १४ रेजन एडिसनका साथसाथै अन्य धेरै उत्पादनहरू पनि लन्च गरेको छ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १० श्रावण २०७९, मंगलवार